लोक सेवा आयोगले स्थगित परीक्षा सञ्चालन गर्ने

आश्विन ९, २०७७ | काठमाडौं

विश्वव्यापी महामारीका कारण स्थगित गरिएका लोकसेवा आयोगका परीक्षा सञ्चालन हुने भएका छन् । आयोगले सूचना जारी गर्दै कात्तिक १८ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । 

राजपत्राकिंत तृतीय श्रेणी अप्राविधिक, शाखा अधिकृत वा सो सरहको न्याय सेवाका खुला तथा समावेशी तर्फका प्रथम, द्वितीय र तृतीय पत्रको क्रमश: कात्तिक १८, १९ र २० गर्ने परीक्षा हुने आयोगको सूचनामा उल्लेख छ । 

यस्तै व्यवस्थापिका संसदको प्रथम र द्वितीय पत्रको २१ र २२ गते, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा अन्तर्गतका संयुक्त र एकीकृत , खुला तथा समावेशीको कात्तिक २३, २४, २५, २६ र २७ गते परक्षिा हुनेछ । यस्तै राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा वा सा श्रेणीको मंसीर ७ देखि १२ गतेसम्म परक्षिा तोकिएको आयोगले सूचना मार्फत जनाएको छ । 


प्रतिक्रिया