आधा किलो सुन बरामद

आश्विन १६, २०७७ | कपिलवस्तु

कपिलवस्तुको मायादेवी गाउँपालिका–७, बनकसिहामा प्रहरीले आधा किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ । 

दोहनी–बनकसिहा–चाकलचौडा सडक खण्ड हुँदै भारत जाने क्रममा ३४ बर्षीय पवन गुप्ता र उनकी बहिनी १५ बर्षीया महिमा गुप्तालाई पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ । 

लु ५६प ६३१० नम्बरको मोटरसाइकलमा सीमा पार गर्ने क्रममा गर्दा जाँच गर्दा सो परिमाणमा सुन बरामत गरेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताउनुभयो । सो सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया