यस वर्षको खड्ग जात्रा आन्तरिक पूजामा सीमित हुने

आश्विन १९, २०७७ | ललितपुर

ललितपुरको पाटन दरवार क्षेत्रमा वडा दशैंको अवसरमा मनाइने पॉयो (खड्ग) जात्रा आन्तरिक पूजामा सीमित हुने भएको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालको संयोजकत्वमा सरोकारवाला गुठीयारसहित सोमबार बसेको बैठकले कोभिड–१९ महामारीका कारण यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार दरवारमा विजया दशमीको दिनमा हुने सांस्कृतिक बाजागाजा सहितको उत्सव, ठेचोको नवदुर्गा नाच, घटस्थापना देखि सुरु हुने पाटन नकबहिल टोलबाट निस्कने अष्टमाष्ट्रिका नाचलगायत भीडभाड हुने सांस्कृतिक गतिविधि स्थगित हुने भएको छ । 

जात्रास‘ग सम्बन्धित मुख्य गुठीयारहरु बसेर परम्परादेखि विधिवत रुपमा गर्दै आइरहेको पूजाविधि मात्र निरन्तरता दिने निर्णयमा उल्लेख छ ।

बैठकमा ठेचो नवदुर्गा नाच, पाटन दरवारस्थित मू छेँ ‘ऑगन घर', अष्टमाष्ट्रिका नाच, पाटन च्यासलका इन्द्र बाजा खलक, नाय: खि (एक किसिमका बाजा) खलक, ललितपुर गुठी संस्थान कार्यालय, वडाध्यक्ष लगायत सहभागी थिए । 


प्रतिक्रिया