धरानमा कोरोनाको मृत्यु बर्षा

आश्विन २९, २०७७ | धरान

पछिल्लो २४ घण्टामा धरान उपमहानगरपालिकाका ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका र होमआइसोलेसनमा मृत्यु भएकाको संख्या धरानका मात्र ८ जना पुगेको हो । 

प्रतिष्ठानको इमर्जेन्सी कक्ष र कोभिड अस्पतालमा मृत्यु हुने संक्रमितहरुको संख्या तेह्रथुम र इटहरीका गरी ७ पुगेको छ । कोरोना संक्रमित धरान उपमहानगर ७ बस्ने ६३ बर्षीया एक महिलाको आज मृत्यु भएको हो । उपमहानगरपालिकाको स्वास्थ्य महासाखा प्रमुख उमेश मेहताले कोरोना संक्रमणले धरानमा पछिल्लो २४ घण्टामा मृत्यु बर्षा गरेको बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो २४ घण्टामा आइसियु नपाएर होमआआइसोलेसनमै बसेका मध्ये विभिन्न वडाका चारजनाले ज्यान गुमाएका छन् । 


प्रतिक्रिया