बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

कार्तिक २, २०७७ | रुपन्देही

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु भएको छ ।

गत असोज २७ गते पोजेटिभ नतिजा आएका बुटवल ८ का ४९ वर्षीय पुरुषको उपचारका क्रममा हिजो सांझ मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । 

होम आइसोलेसनमा बसेका उनी हिजो नै अस्पताल भर्ना भएका थिए । यो अस्पतालमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।


प्रतिक्रिया