दार्चुलामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कार्तिक ४, २०७७ | दार्चुला

कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । संक्रमणबटा दुहु गाउँपालिका–२ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार तीन/चार दिन पहिले ज्वरो आएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार गराईरहेका उनको मृत्यु भएको हो । ज्वरोसंगै श्वासप्रसासमा समस्या देखिएपछि उपचारका लागि उनी धनगढी गएको र उतै मृत्यु भएको हो । 

उनको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिको थियो । उनको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

कोरोनाका कारण मृत्यु भएका ती पुरुषको घरपरिवार तथा टोल सिल गरी सम्पर्क पहिचान तथा स्वाब संकलन गर्ने कार्य तत्काल थालिने उहाँको भनाई छ । 


प्रतिक्रिया