कोरोना संक्रमणबाट सुनसरीमा थप एकको मृत्यु

 तस्बिर : प्रदिप मेन्याङ्बो, रेडियो कान्तिपुर ।

कार्तिक १०, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट इटहरी उपमहानगरपालिका–४ की ७९ वर्षीया वृद्धाको मृत्यु भएको हो । 

 प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठका अनुसार कोभिड अस्पतालमा उपचाररत वृद्धाको मृत्यु आइतबार अपराह्न ४ बजेर ५ मिनेटमा मृत्यु भएपनि औपचारिक जानकारी भने सोमबार मात्र प्राप्त भएको हो । 

उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित वृद्धालाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकै दिन मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 


प्रतिक्रिया