वीपी प्रतिष्ठानमा उपचाररत तीन जना संक्रमितको मृत्यु

कार्तिक २०, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उपचारको क्रममा सप्तरीका दुई र मोरङका एक जनाको मृत्यु भएको हो । 

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका मोरङका ५९ वर्षीय पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र मुटु सम्बन्धी दीर्घ रोगी ती पुरुषको उपचारको क्रममा बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । 

सप्तरीको राजविराज नगरपालिका–१ का २३ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिईन् । ती रक्तअल्पता, पेन्सीटोपेनिया, हाइपोथिरोइडिज्म र पोलिस्टिक डिजिजका रोगी रहेको प्रतिष्ठानले जनाएको छ । उपचारकै क्रममा बिहीबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो । प्र

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीकै राजविराज नगरपालिका–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । दीर्घ रोग नदेखिएका उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक तीनै जनाको शवको व्यबस्थापन नियम अनुसार भईरहेको गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया