गल्छी-रसुवागढी सडक आयोजना प्रमुखद्वारा कान्तिपुरकर्मीमाथि दुर्व्यवहार

कार्तिक २४, २०७७ | नुवाकोट

राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने गल्छी–त्रिशूली, मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुखले कान्तिपुरकर्मी माथि दुर्व्यवहार गरेका छन् । सडक निर्माणको प्रगति बारे समाचार संकलनका क्रममा रहेका कान्तिपुरका नुवाकोट संवाददाता कृष्ण थापामाथि आयोजना प्रमुख नारायणदत्त भण्डारीले दुर्व्यवहार गरेका हुन् । 

आयोजनाका प्रमुख भण्डारीले गल्छीदेखि रसुवागढी नाकासम्मको निर्माण प्रगतिको विषयमा जानकारी माग्दा कान्तिपुरकर्मी थापाामथि दुर्व्यवहार गरेका हुन् । 

कहाँ हुनुहुन्छ भनेर सोध्दा योजना प्रमुख भण्डारीले एक्कासी–‘मलाई कहाँ हो भन्ने ? सडक विभागका हाकिमले त कहाँ हो भन्नेर सोध्न सकेका छैनन् । कान्तिपुर हो भनेर ठूलो हुने ? आयोजना प्रमुख भण्डारीले कान्तिपुर शान्तिपुर थाहा छैन भन्दै हप्काउँदै दुव्र्यवहार गरेका थिए ।

हालै गल्छीदेखि महादेवफाँटसम्म भएको डबल पिच, सर्वोच्च अदालतले फैसला गरेको गेर्खुखोलादेखि बेत्रावतीसम्मको कामको प्रगति, गल्छीदेखि मैलुङसम्मका पक्की पुल निर्माणका बारेमा प्रगति विवरण माग्दा उल्टै आयोजना प्रमुख भण्डारीले कान्तिपुरकर्मी थापामाथि जाईलागेका थिए । 

केही समययता आयोजना प्रमुख भण्डारीले डिभिजन सडक कार्यालय प्रमुख समेतको कार्यभर सम्हालेका छन् । उनले केही समययता आफूनिकटका पत्रकार र बाहिर जिल्लाबाट सञ्चारकर्मी बोल्याएर समाचार लेखाउने गरेको खुलेको छ । 


प्रतिक्रिया