२६ शिक्षक कारबाहीमा परे

मंसिर १९, २०७७ | खोटाङ

खोटाङको रावाबेसी गाउँपालिकाले विद्यालयमा अनुपस्थित शिक्षकहरुलाई कारबाही गरेको छ । कोरोना महामारीको बहानामा लामो समयसम्म बेखबर हुने २६ शिक्षकलाई गाउँपालिकाले कारबाही गरेको हो । गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाका अनुसार शिक्षा शाखा टोलीको छड्के अनुगमनका क्रममा अनियमित शिक्षकहरुको सूची नै तयार गरेर कारबाही गरिएको हो । 

सम्बन्धित विद्यालयमा २० दिनसम्म हाजिर नभएका तथा विना जानकारी विद्यालयमा उपस्थित नभएका शिक्षकहरुको तलब समेत कट्टी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो । कट्टा गरिएको सात लाख ८० हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरिएको अध्यक्ष निरौलाको भनाई छ । कारवाहीमा पर्नेमा एकै विद्यालयका १२ जनासम्म शिक्षक छन् । कारवाहीमा परेका सवैलाई आगामी दिनमा काम, कर्तव्य र मर्यादा नभुल्न समेत निर्देशन दिइएको अध्यक्ष निरौलाले बताउनुभयो ।  


प्रतिक्रिया