शङ्खेश्वर गुठीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन

बराहापोखरीस्थित शङ्खेश्वर गुढीको जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा । तस्बिर : डम्बरसिं राई  

मंसिर २५, २०७७ | खोटाङ

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउन बराहापोखरी गाउँपालिकाले सूचना जारी गरेको छ । 

बराहापोखरी गाउँपालिका–१ बराहापोखरीस्थित शङ्खेश्वर गुठीको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा १० दिनभित्र हटाउन सूचना जारी गरिएको गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले बताउनुभयो । 

‘भर्खरैको गाउँ कार्यपालिकाको बैठकले घर–टहरा हटाउने निर्णय गरेको छ, ‘उहाँले भन्नुभयो, ‘त्यसै अनुसार दश दिनभित्र हटाउन सूचना जारी गरिएको हो ।’सरकारको सय गन्तव्यको सूचीमा रहेको बराहपोखरीको जग्गा अतिक्रमण गरेर घर बनाउने २७ जनालाई आगामी दश दिनभित्र ती संचरना हटाउन गाउँपालिकाले सूचना जारी गरेको हो । 

बराहपोखरीको जग्गा अतिक्रमण गरेर घर बनाउने भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गङ्गा विश्वकर्मालाई दश दिनभित्र घर–टहरा हटाउँन सार्वजनिक सूचना जारी गरिएको छ । 

त्यस्तै, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तीर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुब गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा पनि दश दिनभित्र हटाउँन गाउँपालिकाले सूचना जारी गरेको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा समय–सीमाभित्र नहटाए बल प्रयोग गरेर हटाइने गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया