विद्यार्थीको भौतिक उपस्थितीमै खुल्न थाले विद्यालय

पुस १, २०७७ | भक्तपुर

भक्तपुरको चाँगुनारायण र भक्तपुर नगरक्षेत्रभित्र संचालित सामूदायिक तथा संस्थागत विद्यालयहरुले बालबालिकाको भौतिक उपस्थिती मै कक्षा संचालन थालेका छन् । नगरबासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक/शिक्षिका, संचालकलगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र सरकराले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर कक्षा संचालन गरेको चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । नगरप्रमुख मिश्रका अनुसार नगरअन्तर्गतका विद्यालयहरुले भौतिक दुरी कायम गर्दै, मास्क, स्यानिटाइजरको प्रयोग गरेर मंसीर ९ गतेबाट कक्षा संचालन गरेको छ ।

 त्यसैगरी, भक्तपुर नगर क्षेत्रभित्र संचालित विद्यालयहरुले भने बुधबारबाट विद्यार्थीको भौतिक उपस्थिती मै कक्षा संचालन थालेका छन् । भक्तपुर साकोठास्थित विद्यार्थी निकेतन माविकी प्रधानाध्यापक सर्जनी जोशीले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको भौतिक उपस्थिती मै आन्तरिक परिक्षा भईरहेको बताउनुभयो । विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गराएको जनाएको छ ।

विद्यालयले विद्यालय बन्द भएको अवधिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाईन तथा भर्चुअल कक्षा संचालन गराएपनि प्रभावकारी न्यून भएको शिक्षक/शिक्षिकाहरु बताउँछन् ।


प्रतिक्रिया