नेपालमा कोरोना संक्रमित हुनेमा पुरुषको संख्या अत्यधिक

माघ ७, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमितको कुल संख्याको झण्डै ९८ प्रतिशत संक्रमण मुक्त भएका छन् । गत वर्षको माघ ९ गते पहिलो पटक कोरोना संक्रमण देखिएको नेपालमा आजसम्म २ लाख ६८ हजार ३ सय १० जनामा संक्रमण पुष्टि भईसकेको छ । 

ती मध्ये २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ९७ दशमलब ८८ प्रतिशत हो । नेपालमा संक्रमित हुनेमा पुरुषको संख्या अत्यधिक छ । 

मन्त्रालयका अनुसार, कुल संक्रमितको ६५ दशमलब ०४ प्रतिशत अर्थात १ लाख ७४ हजार ५ सय १ जना पुरुषमा संक्रमण पुष्टि भइसकेको छ । यस्तै ३४ दशलमव ९६ अर्थात ९३ हजार ८ सय ९ जना महिला संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार, संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ छ । यो कुल संक्रमितको १ दशमलव ३८ प्रतिशत हो । बुधबारसम्म नेपालमा शून्य दशमलव ७४ अर्थात १ हजार ९ सय ७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको संक्रमणका कारण ज्यान गएको हो । सोही अवधिमा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । 


प्रतिक्रिया