जुम्लाको गोठिगाउँमा अगलागीबाट २५ घर जलेर नष्ट

माघ १४, २०७७ | जुम्ला

जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । गएराति अचानक आगलागी हुँदा २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

आगलागीले ती घरका अन्नपात, लत्ताकपडा र पशुचौपायामा भने क्षति पुगेको छ । उचाईमा पर्ने अत्यधिक चिसो ठाउँ गोठिगाउँका बासिन्दा हिउँदमा भने तल झर्ने गरेका छन् । जसका कारण आगलागीमा मानवीय क्षती भने नभएको प्रहरी निरीक्षक युवन कुमार चौधरीले बताउनुभयो । यद्यपी क्षतीको यकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ । 

हिजो साँझ शुरु भएको आगलागी आज विहान मात्रै नियन्त्रणमा आएको छ । आगलागी भएको स्थान खलंगा बजार देखि ३५ किलिमिटर पश्चिममा पर्छ । मोटरबाटो नपुगेको र कम जनशक्तिका कारण आगो निभाउन ढिलाई हुँदा बढी क्षती भएको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन । 


प्रतिक्रिया