पत्रकार कुमार अछामीलाई पाँच लाख सहयोग

माघ १८, २०७७ | भक्तपुर

पत्रकार कुमार अछामीको सहयोगार्थ गजल साँझबाट पाँच लाख रुपैयाँ संकलन भएको छ । पत्रकार कुमार अछामीको सहयोगार्थ गजलकार विकास प्रहर र गायक तथा संगीतकार राज सागरको संयुक्त गजल साँझमा संकलित सो रकम हस्तान्तरण गरेको छ ।

पत्रकार अछामी बचाउ अभियान अन्तर्गत आयोजित गजल साँझका क्रममा कुमारकी आमालाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको गजलकार प्रहरले बताउनुभयो । विभिन्न सहयोगी हातहरुबाट संकलित सो रकम मध्यपुर थिमी नगरप्रमुख मदनसुन्दर श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।

भक्तपुरबाट प्रकाशित त्रिपुरा न्यूज साप्ताहिक पत्रिका तथा त्रिपुरा खबर डटकमका सम्पादक अछामी नौ महिना देखि अस्पतालमा उपचाररत छन् । उनको कम्मरमुनीको भाग चल्दैन । दैनिक खर्च एवं आम्दानीको स्रोत केही नभएका पत्रकार अछामीलाई औषधी उपचारमा समस्या परेको जनाएको छ । 


प्रतिक्रिया