पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

फाल्गुन १०, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ । हाल मूलुकमा १ हजार ५ सय २९ सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८१ को नमुना पिसिआर परीक्षण भएका छन् । योसंगै कुल २१ लाख ४३ हजार ३ सय १५ नमुनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले उल्लेख गरेको छ । कोरोना संक्रमणका कारण भने हालसम्म नेपालमा २ हजार ६१ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया