पशुपतिनाथमा सुनको जलहरी लगाउने विषयमा सर्वोच्चको कारण देखाऊ र अन्तरकालीन आदेश

फाल्गुन १२, २०७७ | काठमाडौं

पशुपतिनाथको मूल शिवलिंगमा सुनको जलहरी राख्ने विषयमा दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जलहरी लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपनि पशुपतिनाथमा भने जलहरी लगाउने काम सम्पन्न भएको थियो ।

 बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले अस्ति सोमबार पशुपतिनाथको ज्योतिलिंगमा सुनको जलहरी नलगाउने कार्य तत्काल रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । सर्वोच्चले १५ दिनभित्र विपक्षीलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो । 


प्रतिक्रिया