टर्की पुर्‍याई अलपत्र पारेको तथा बेचेको अभियोगमा २ जना पक्राउ

फाल्गुन १३, २०७७ | काठमाडौं

काठमाडौं बबरमहलका आमाछोरीलाई वैदेशिक रोजगारीका लागि टर्की पुर्‍याई अलपत्र पारेको तथा बेचेको अभियोगमा प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–१ मन जिवन भट्ट र बाग्लुङको ढोरपाटन नगरपालिका–४ की पुर्णिमा सिर्पाली बस्नेत छन् । पुर्णिमाले पीडित आमाछोरीलाई विभिन्न प्रलोभन देखाई गत असोज २२ गते टर्की पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टर्की पुर्‍याए बापत उनीहरुले पीडितबाट १० लाख रुपैयाँ लिएका थिए । 

टर्कीमा बन्धक बनाईएका उनीहरुमध्ये छोरीलाई भने बिक्री गरिएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । आफू बेचिएको थाहा पाएपछि दुताबासको सम्पर्कमा आएकी छोरीको उद्धार गरिएको थियो । उद्धारपछि छोरी गत मंसिर ८ गते तथा आमा पौष २६ गते नेपाल फर्किएका हुन् । उनीहरुकै उजुरीका आधारमा ब्यूरोले अनुसन्धन सुरु गरेको थियो ।   


प्रतिक्रिया