लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमितको मृत्यु

फाइल तस्बिर 

चैत्र ३०, २०७७ | बुटवल

कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अर्घखाँचीको मालारानी गाउँपालिका–५ की ७९ वर्षीय वृद्धाको मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी ७९ वर्षीया वृद्धाको बिहान ९ बजेर ५० मिनट जाँदा मृत्यु भएको हो । 

चैत २७ मा अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र दमको कारण श्वाशप्रश्वाशमा समस्या थियो । यसअघि बिहान सोही अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको थियो ।


प्रतिक्रिया