थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

चैत्र ३०, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षणमा ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १० दशमलब ९५ प्रतिशत हो । ४ हजार ३ सय ७८ पीसीआर परीक्षण भएकोमा ४ सय ९६ जना र ७ सय २७ एन्टिजेन परीक्षण भएकोमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

एन्टिजेन परीक्षणका क्रममा कञ्चनपुरको त्रिनगरमा ५४ र गड्डाचौकीमा ७ तथा मोरङको रानीमा र बाँकेको जमुनाहमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ ।

सोही अवधिमा १ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

मुलुकभर ३ हजार ३ सय ६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जानकारी दिदै स्वास्थ्य मन्त्रालयले ५ जनाको मृत्यु विवरण अध्यावधिक गरेको हो । योसँगै मुलुकमा कोरोना संक्रमणबाट ३ हजार ५३ जनाको मृत्यु भएको छ ।  


प्रतिक्रिया