रुपन्देहीको सैनामैनामा कोभिड अस्पताल सञ्चालन

वैशाख १६, २०७८ | बुटवल

रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा आजबाट अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । 

६० शय्याको अस्पतालमा १० वटा बेडमा अक्सिजन र ३ वटामा मोनिटर समेत जडान गरिएको छ । भेन्टिलेटर र आइसीयू चाहिने बाहेकका नगरपालिका भित्रका कोरोना संक्रमितलाई सो अस्पतालमा राख्न सकिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । 

नगरप्रमुख कार्कीका अनुसार ४५ वटा सामान्य आइसोलेशनका लागि छुट्याएको छ । कोभिड अस्पतालले समुदायमा संक्रमण फैलन नदिन र मृत्युदर घटाउन सहयोग गर्ने उहाँले बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि संघीय सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । अपुग रकम प्रदेश सरकारले उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया