होम आइसोलेशनमा बसेको कोरोना संक्रमितको मृत्यु

वैशाख २३, २०७८ | पूर्वी नवलपरासी

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका पूर्वी नवलपरासीका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार संक्रमणबाट कावासोती नगरपालिका–८ का ६३ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । 

गत सोमबार जिल्ला अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई दिन अघि गैंडाकोट नगरपालिका वडा नम्बर–११ का ५८ वर्षका एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै पूर्वी नवलपरासीमा संक्रमणबाट ६ जनाको मृत्यु भईसकेको छ । 


प्रतिक्रिया