कोराना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु

वैशाख २३, २०७८ | नेपालगञ्ज

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एक जना जाजरकोटका हुन् । 

संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७८ वर्षीया महिला, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष र जाजरकोटको भेरी नगरपालिका निवासी ४३ वर्षीया महिलाको मृत्यु भएको हो । 

यस्तै, कोरोना संक्रमित नेपालगञ्ज–४ का ५५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुष र नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । 

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ५७ जना पुगेको छ । बाहिरी जिल्लाबाट बाँके उपचार गराउन आएका एक सय २७ जनाको मृत्यु भईसकेको छ ।


प्रतिक्रिया