कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडान बन्द

वैशाख २४, २०७८ | काठमाडौं

कोभिड १९ संक्रमण बढ्दै गएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । सरकारको निर्णय अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागी गएराती १२ बजेदेखि सबै तालिका रद्ध गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

भारतबाट सातामा दुई वटा उडान भने हुने प्राधिकरणले जनाएको छ । जसमा एउटा नेपाल एयरलाइन्स र अर्काे एयर इण्डियाले गर्ने छ । ती उडानमा काठमाडौं आउने यात्रुले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । यात्रुले पिसिआर निगेटिभ आएको फोटो सहितको रिर्पाेट त्रिभुवन विमानस्थलमा अवतरण पछि बुझाउनु पर्नेछ । 

सरकारले यसअघि नै आन्तरिक उडान सेवा बन्द गरिसकेको छ । तत्कालका लागी चाटर्ड उडानका लागी पनि अनुमति नदिइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । आवश्यकता र औचित्य हरेरे चाटर्ड उडानका लागी मन्त्रालयबाट नै स्विकृती लिनुपर्ने क्षेत्रीले बताउनुभयो ।


प्रतिक्रिया