विश्वासको मत लिने प्रक्रिया भोलि नै किनारा लगाउने

वैशाख २६, २०७८ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभाले भोलि नै किनारा लगाउने भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमाआज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नका लागि बोलाएको प्रतिनिधि सभाको अधिवेशन एक दिनमै सक्ने निर्णय गरेको हो । बैठकबाट विश्वासको मतको प्रक्रिया भोलि नै सक्ने निर्णय भएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधि सभाको बैठकमा कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गर्ने निर्णय कार्यव्यवस्थाले गरेको छ । कोरोना संक्रमित भएका दुई दर्जन बढी सांसदलाई मतदानमा सहभागी गराउनका लागि विशेष व्यवस्था गर्ने निर्णय भएको हो । पीसीआर परीक्षण नगराएका सांसदहरूलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गराउन भन्ने पनि कार्यव्यवस्थाले निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन भोलि दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।


प्रतिक्रिया