बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

जेष्ठ ६, २०७८ | बुटवल

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट बुटवल उपमहानगरपालिका–१७ मोतीपुरका ५५ वर्षीय पुरुष र पश्चिम नवलपरासीको बर्दघाटकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार जेठ ५ गते भर्ना भएका बुटवल–१७ का ५५ वर्षीय पुरुषको आज बिहान ४ : ४५ बजे मृत्यु भएको हो । 

यस्तै, संक्रमण देखिएपछि जेठ ५ गते नै अस्पताल भर्ना भएकी बर्दघाटकी ३८ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको हो । उनीहरु दुबै जना अस्पतालको आइसीयू कक्षमा उपचाररत थिए । दुबै जनामा श्वासप्रश्वास र निमोनियाको समस्या रहेको डा. गौतमले बताउनुभयो । 


प्रतिक्रिया