भदौमा पार्टीको केन्द्रीय महाधिवेशन हुने कांग्रेस सभापति देउवाको भनाई

जेष्ठ २६, २०७८ | काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको केन्द्रीय महाधिवेशन हुने बताउनु भएको छ । देउवाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनलाई लिएर भ्रम राख्ने र भ्रममा रहने काम नगर्न समेत सबैमा आग्रह गर्नु भएको छ । भदौमा पनि महाधिवेशन नगराइ पार्टीलाई जोखिममा धकेल्ने काम नेतृत्वबाट हुन लागेको भन्दै पार्टीको संस्थापन पक्षले आशंका गरीरहेका बेला सभापति देउवाले भदौमै महाधिवेशन हुने बताउनु भएको हो । 

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान रहेको र पार्टीको जिवन्तताका लागि महायज्ञ रहेको भन्ने आफूले राम्ररी बुझेको विज्ञप्तिमा उल्लेख छ । उहाँले पार्टीका सबै तह र संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन सम्पन्न गर्ने बारे भ्रममा नपरी आ–आफ्नो स्थानबाट दत्तचित्त भएर लाग्न आग्रह समेत गर्नुभएको छ । 


प्रतिक्रिया