लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी साउन २७ गते हुने

श्रावण २१, २०७८

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी साउन २७ गते बोलाईएको छ । विपक्षी गठबन्धनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख अमिक शेरचन सामू विशेष अधिवेशन आव्हान गर्न समावेदन गरेका थिए ।

सोही समावेदन अनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभा आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ । मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता भएको अविश्वाशको प्रस्तावमा छलफ गर्नसाउन २७ गते दिउसो १ बजेका लागि प्रदेश सभा आव्हान गरिएको हो ।

ल्ुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोका ३४ जना सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 


प्रतिक्रिया