इण्डोनेशियाको जाभा टापुमा डुंगा डुब्दा चार जनाको मृत्यु

असार १९, २०८२ | काठमाडौं

इण्डोनेसियामा ६५ जना यात्रु सवार डुंगा डुब्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । 

३१ जनालाई सकुशल उद्धार गरिएको छ । अन्य ३० जनाको खोजी जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । डुंगामा कर्मचारीहरु १२ जना, यात्रुहरु ५३ जना तथा २२ वटा यातायातका साधन रहेको जनाइएको छ । 

 प्रमुख पर्यटकिय गन्तव्य रहेको जाभा टापुबाट छुटेको सो डुंगा इण्डोनेसियाली टापु नजिकै डुबेको हो । खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । डुंगामा कुनै पनि अन्तर्राष्ट्रिय यात्रु भने नरहेको जनाइएको छ । 


प्रतिक्रिया