एनपीएल सिजन टुः जनकपुरद्वारा रिटेन खेलाडीको नाम सार्वजनिक

असार १९, २०८२ | काठमाडौं
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटकालागि साविक विजेता टोली जनकपुर बोल्ट्सले पहिलो सिजन खेलेका ६ खेलाडीलाई निरन्तरता दिएको छ ।
फ्रेन्चाइज टोली जनकपुरले आज सामाजिक सञ्जालमार्फत मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका विकेट किपर ब्याटर आशिफ शेख सहित अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुलबहादुर थापा मगरलाई निरन्तरता दिइएको जनाएको हो ।
पहिलो संरकणमा जनकपुरका सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । अब विराटनगर किङ्ग्सले रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गर्न बाँकी छ ।
