१८ वर्षमुनिका बालबालिकालाई कोभिड खोप दिन राष्ट्रपतिको आग्रह

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले १८ वर्ष मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोपको व्यवस्था गरी महामारीको जोखिमबाट सुरक्षित राख्न आग्रह गर्नुभएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बाल अधिकारको संरक्षण गर्न तीनै तहका सरकार, अभिभावक, विद्यालय तथा समाज जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार एक केन्द्रित हुनुपर्ने बताउनुभएको छ । समुदाय, सरकार, विद्यालय र स्वास्थ्य सेवा बालमैत्री भएमा बालअधिकार संरक्षण तथा सम्वर्द्धन हुने प्रधानमन्त्री देउवाको भनाई छ । संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिनको अवसर पारेर नेपालले भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।


प्रतिक्रिया