वैदेशिक अध्ययन अनुमति पत्र लिनेका संख्या बढ्यो

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७८ | काठमाडौं

कोरोना महामारी संक्रमण कम भएसँगै वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्या बढेर दैनिक औषतमा ५ सय पुगेको छ । भारत तथा जापानमा अध्ययन गर्न अवसर सिर्जना भएसँगै सो संख्या बढेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव नारायण पोखरेलले बताउनुभयो । अध्ययन अनुमति लिने मध्य धेरै विद्यार्थीको आकर्षण भारतमा रहेको उहाँको भनाई छ ।

भारतमा एमडी‚ एमएसको अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी रहेको उपसचिव पोखरेलको भनाई छ । विद्यार्थीको दोस्रो रोजाईको गन्तव्य जापान देखिएको छ । जापान पछि अष्ट्ेरलिया तथा डेनमार्कमा विद्यार्थीको आकर्षण रहेको उहाँको भनाई छ । यसैबीच, संसदको शिक्षा तथा स्वास्थ्य समितिले वैदेशिक अध्ययन अनुमति पाएर पनि नेपालमै अलपत्र परेका करिव १० हजार विद्यार्थीलाई सम्बन्धित मु्लुकमा पठाउन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पुरा गर्न विदेश पठाउनुपर्ने बताउनुभयो ।  


प्रतिक्रिया