विराटनगर उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या आएपछि काठमाडौंमा अवतरण

रेडियो कान्तिपुर संवाददाता

फाइल फोटो 

आश्विन ११, २०७८ | काठमाडौं


काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरणमा समस्या आएपछि पुन: काठमाडौँ फर्किएको छ । आज बिहान काठमाडौंबाट उडेको जहाज विराटनगरमा अवतरण गर्न समस्या देखिएको थियो । जहाजमा रहेको इन्धनलाई कम गर्न झण्डै दुई घण्टा आकाशमा नै फन्को मारेको थियो ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानमा सवार सबै यात्रु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । सुरक्षामा शुन्य सहनशिलता अनुसार क्याप्टेनले जहाजलाई तुरुन्तै काठमाडौं फर्काउने निर्णय गरेको बुद्ध एयरको भनाइ छ । अन्तराष्ट्रिय तथा नागरिक उड्ययन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको विज्ञप्तीमा उल्लेख छ । 


प्रतिक्रिया