कर्णाली सरकारले विपतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख प्रदान गर्ने

कार्तिक ५, २०७८ | कर्णाली

कर्णाली प्रदेश सरकारले बाढी पहिरो लगायतका विपतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले दुर्घटना बिमा वापत परिवारलाई दुई लाख दिने निर्णय गरेको हो । घाईतेको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

पछिल्ला बर्षा संगै आएको बाढी र पहिरोले कर्णालीमा ८ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन । बैठकले कृषकलाई अन्नबालीको क्षतीपुर्ती व्यवस्था गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अवरुद्ध भएका सडक, सिंचाई, खानेपानी र विद्युत पूर्वाधारको मर्मतसम्भार तथा क्षति भएका घरहरुको पुुन:निर्माण गर्ने निर्णय गरेको छ ।

 त्यस्तै पहिरो पिडितलाई तत्काल पुनस्थापना गर्ने तयारी भएको प्रदेश सरकारले जनाएको छ ।    


प्रतिक्रिया