हारेको व्यक्तिको जित

कार्तिक ७, २०७८

महोत्तरीको मनरासिस्वा नगरपालिका—१० मा करिब साढे ४ बर्षपछि स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले बिजयी हुनुभएको छ । स्थानीय तहको कार्यकाल सक्किनै लाग्दा सर्वाेच्च अदालतले पुन: मतगणना गर्न आदेश दिएपछि आज मतगणना भएको थियो । 

अध्यक्ष अरुणकुमार चौधरी र रायको मत वरावरी भएपछि गोला हानेर परिमाण तय गरिएको थियो । जसबाट कांग्रेसका उम्मेदवार चौधरी वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । आज उच्च अदालत जनकपुरमा गरिएको पून:मतगणनामा स्वतन्त्र उम्मेदार रायले २ सय ६८ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष चौधरीको जम्मा २ सय ६६ मत मात्रै देखिएको छ । पुन:मतगणना पश्चात अबको नेतृत्व रायले सम्हाल्नु हुने छ । 


प्रतिक्रिया