पछिल्लो २४ घण्टामा ५ सय ५७ कोरोना संक्रमित थपिए

कार्तिक ७, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ७७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ । यस्तै २४ घण्टामा मुलुकभर ६ हजार ६१ पीसीआर परीक्षण गर्दा ५ सय ५७ संक्रमित थपिएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २ सय १ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ भने यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ । क्वारेन्टाइनमा २ सय २० जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार एक करोड ५२ लाख ११ हजार १ सय ६१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जसमध्ये ८६ लाख ६ हजार ९ सय ८८ जनाले एक मात्रा र ६६ लाख ४ हजार १ सय ७३ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।  


प्रतिक्रिया