प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

कार्तिक १८, २०७८

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायधिवक्ता चुडामणी आचार्यले राजीनामा दिनु भएको छ । आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ती जारी गरी मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम हिजो देखि लागू हुने गरी राजीनामा दिएको जनाएको छ ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले एमाले निकट बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको थियो । सरकार परिवर्तन भएर अर्को दलको नेतृत्व आइसकेकाले पदमा बसिरहन नैतिकताले नमिल्ने भएकाले राजीनामा दिएको आचार्यले बताउनुभयो ।  


प्रतिक्रिया