भारतको वथनाहदेखि बुधनगर सम्म कार्गो रेल सञ्चालन गर्ने तयारी

पुस ८, २०७८

भारतको बथनाहवाट विराटनगरको आईसीपी सम्म कार्गो रेल सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले औद्योगिक सामान वथनाहसम्म कार्गो रेलवाट ल्याएर अनलोड गरी ट्रक मार्फत आइसीपी ल्याउने गरिएको छ । वथनाहदेखि आइसीपी सम्मको दुरी ५ किलोमिटर छ । रेल्वे प्राविधिहरुको सुझावको आधारमा नेपाली टोली गत साता आइसीपी सम्म रेल्वे ल्याउन सकिने वा नसकिने बारेमा स्थलगत अध्ययन गरि फर्कीएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला दुवै देशबीच आइसीपीसम्म कार्गाे रेल ल्याउने सहमति भए तत्काल कार्गाे रेल आइसीपी सम्ममा ल्याउन सकिने र त्यसका लागि पूर्वाधार समेत तयारी अवस्थामा रहेको विराटनगर भन्सार स्रोत भनाई छ । भन्सार स्रोतका अनुसार अध्ययन टोलीले प्राविधिक लगायतको सम्भाब्यताको अध्ययन गरि कार्गाे रेल आइसीपी सम्म ल्याउन अवरोध नरहेको ठहर गरि प्रधानमन्त्री कार्यालयलाई सुझाव दिने गरेको छ । 

यसअघि पूर्वप्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आइसीपीको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काम अगाडी बढाएको बताउनुभयो । 


प्रतिक्रिया