आधारभूत तहको परीक्षा मर्यादित बनाउन शिक्षकलाई सपथ ग्रहण

पुस ८, २०७८

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरस्तरीय आधारभूत तह कक्षा ५ र ८ को परीक्षा मर्यादित बनाउन शिक्षकहरुलाई सपथ ग्रहण गराउनु भएको छ । भक्तपुर नगरअन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा २०७८ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित समितिका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो । 

परीक्षा विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने महत्वपूर्ण माध्यम भएको र यसलाई मर्यादित ढंगले सञ्चालन तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय परीक्षा सञ्चालन महत्वपूर्ण भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रम बमोजिम यस वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन हुने र सो परीक्षाको व्यवस्थापन समितिबाट गरिने जनाइएको छ । 


प्रतिक्रिया