माछाखोलामा ट्रक दुर्घटना हुँदा दुइको मृत्यू

पुस १६, २०७८

गोरखाको आरुघाटबाट माछाखोला तर्फ जाँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा दुइ जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् । ट्रकमा सवार २१ वर्षिय र २४ वर्षिय पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो । मृतकको सनाखत हुन बाँकी छ । 

घाइते मध्ये धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई उद्धार गरि उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र पठाएको प्रहरीले जनाएको छ । अन्य घाइतेको माछाखोलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी दाहालले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया