रुपन्देही एमालेको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध

पुस २५, २०७८ | भैरहवा

नेकपा एमाले रुपन्देहीको जिल्ला अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध चयन हुनु भएको छ । एमालेको नवौं जिल्ला अधिवेशनबाट रुपन्देहीको अध्यक्षमा केसी निर्विरोध चयन हुनु भएको हो । 

निवर्तमान उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध हुनु भएको हो । अध्यक्षमा सहमति जुटेपछि एमाले रुपन्देहीका सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको छ । 

उपाध्यक्षमा जागेश्वरदेवी चौधरी पनि निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ यसअघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । सचिव पदमा यज्ञ गैरे निर्वाचित हुनुभयो । सचिवका प्रत्यासी खेम लुइटेलको उम्मेदवारी फिर्ता लिनु भएको थियो । 

उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी निर्विरोध चयन हुनु भएको छ । कार्की सैनामैना नगरपालिका समेत हुनुहुन्छ । पन्थी यसअघि जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो । 

निर्वाचन समितिका अनुसार, सदस्य पदमा पनि सर्वसम्मत भएको छ । निर्वाचित अध्यक्ष केसीले २०४२ सालदेखि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नु भएको थियो । दुई दशक एमाले जिल्ला कमिटीमा रहेर काम गरेको अनुभव केसीसँग छ ।


प्रतिक्रिया