रथले किच्दा २ जनाको मृत्यु

माघ ११, २०७८

बाराको आदर्शकोतवाल गाउँपलिका –३ मा रथले किचिएर २ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन । सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भएर दुर्घटना हुँदा सिम्रौनगढ नगरपालिका –७ कि २३ बर्षीया शैलकुमारी राम र आदर्शकोतवाल –७ की १६ बर्षीया निलम कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १६ जना घाइतेहरूको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो । 


प्रतिक्रिया