राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा मात्र भोट हाल्ने

रेडियो कान्तिपुर संवाददाता

माघ ११, २०७८ | काठमाडौं


राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा मात्र सहभागी हुने निर्णय गरेको छ । पार्टीको तर्फबाट उम्मेदवार रहेकाले प्रदेश १ को निर्वाचनका लागि मात्र मतदान गर्न आफ्ना मतदातालाई निर्देशन दिने निर्णय राप्रपाको पदाधिकारी बैठकले गरेको हो । प्रदेश १ मा राप्रपाबाट अम्वर वहादुर विष्ट र रञ्जु प्याकुरेलको उम्मेदवारी परेको छ । अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुन निर्देशन दिइएको महामन्त्री भूवन पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

राप्रपा र एमालेवीच प्रदेश १ मा चुनावी तालमेल हुने भनिएपनि अन्तिम समयमा आएर सफल हुन नसकेपछि राप्रपाले एक्लै प्रतिस्पर्धा गर्ने भएको हो । यसैवीच, विवेकशील साझा पार्टीले बागमति प्रदेशमा हुने निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।



प्रतिक्रिया