गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी

माघ १५, २०७८

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगाडी उद्घाटन गरि संचालनमा ल्याउने तयारी भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मौसम अनुकुल बन्दै गए परिक्षण उडानका लागि थाइल्याण्डबाट आगामी फागुन ९ गते सो विमानस्थलमा विमान ल्याण्ड गर्ने गृहकार्य भइरहेको बताएको छ । 

विमानस्थलको निरीक्षणका लागि पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल शुरु गर्न ढिलाइ गर्न नहुने बताएपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले त्यसको तयारीबारे जानकारी गराउनुभएको हो । सो विमानस्थल संचालनमा आउनासाथ काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाल विद्यमान एयर ट्राफिकको समस्या समाधान हुने मन्त्री आलेको भनाई थियो । 


प्रतिक्रिया