यथास्थितीमा एमसीसीको समर्थन गर्न सकिन्न : माधव कुमार नेपाल

माघ २८, २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितीमा एमसीसीलाई समर्थन गर्न नसकिने जनाउनु भएको छ । वीरगन्जमा समाजवादी प्रेस संगठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका केही बुँदामा प्रष्टीकरण आवश्यक रहेको खुलाउनुभयो ।

एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्ने रहेको अध्यक्ष नेपालको भनाई थियो । जनमतलाई एमसीसीका बारेमा आश्वस्त बनाउने विषय ठूलो चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।

कुनै सैन्य गठबन्धनमा सामेल नहुने, सुरक्षा रणनीतिको अंग नबन्ने र नेपालको भूमिमा कसैको स्वामित्व र सार्वभौम अधिकार नसुम्पिने मान्यताका साथ पार्टी अगाडि बढ्ने अध्यक्ष नेपालको भनाई थियो । 


प्रतिक्रिया