सलार्हीमा बस दुर्घटना: २ जनाको सनाखत (अपडेट)

चैत्र १३, २०७८ | सलार्ही

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रु बस दुर्घटनामा मृत्यु भएका ४ मध्ये दुई जनाको सनाखत भएको छ ।

दुर्घटनामा सिन्धुलीको तीन पाटन गाउँपालिका–२ की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक २४ वर्षीय सुनिल यादवको मृत्यु भएको हो । अन्य दुई जनाको भने सनाखत हुन बाँकी रहेको सलार्ही प्रहरीले जनाएको छ । 

पर्साको वीरगञ्जबाट जनकपुर जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस बिहान फुलजोर खोलाको पुलबाट खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताउनुभयो । बसमा सवार २५ यात्रु घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया