मोटरसाइकल दुर्घटना ४ महिने शिशुको मृत्यु

चैत्र २९, २०७८

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा मोटरसाइकल दुर्घटना हुंदा ४ महिने शिशुको मृत्यु भएको छ । सांगाबाट जगातीतर्फ आउंदै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हंदा काभ्रेपलाञ्चोक पांचखाल नगरपालिका १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी ४ महिने छोरी लोसाङ डोल्मा तामाङको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताउनुभयो । 

दुर्घटनामा गम्भिर घाइते लोसाङ डोल्माको उपचारकै क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो । घाइते बुद्ध र सुस्मिताको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भईसकेको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डीएसपी पाण्डेले बताउनुभयो । 


प्रतिक्रिया