राजमोको घोषणापत्र सार्वजनिक

चैत्र ३०, २०७८

सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । बुटवलमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले २८ वूदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा गणतन्त्रलाई बलियो बनाउन प्रदेशलाई खारेज गरी स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रीत हुने राष्ट्रिय जनमोर्चाले बताएको छ । उसले विकेन्द्रीत र सन्तुलित विकास नीतिमा जोड दिएको छ । 

गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गरेपनि पार्टीको चुनावी एजेण्डा लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने अध्यक्ष केसीले बताउनुभयो । घोषणापत्रमार्फत् राष्ट्रिय जनमोर्चाले गाउँको विकासका लागि छुट्टै ग्रामिण विकास मन्त्रालय गठन गर्नुपर्ने अवधारणा अघि सारेको छ । त्यस्तै, इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी सामग्रीको आयात घटाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने सो पार्टीले उल्लेख गरेको छ । शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुंच पुर्‍याउन सामाजिक विकासमा अधिकतम बजेट विनियोजन गर्ने तथा बीचमै पढाइ छोड्ने विद्यार्थीका लागि विशेष योजना बनाएर लागू गर्नुपर्ने लगायत बिषयमा घोषणापत्रमा समेटिएको छ । 


प्रतिक्रिया