बुटवलमा कांग्रेस एक्लैले गरायो उम्मेदवारी दर्ता

वैशाख १२, २०७९ | काठमाडौं

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । काग्रेस नगर सभापति समेत रहेका पाण्डे यसअघिको निर्वाचनका प्रत्यासी हुनुहुन्थ्यो । नगर प्रमुखमा उमेदवार बन्नकै लागि उहाँले नगर सभापति तेहराउनु भएको थियो । 

गठबन्धनबाट उम्मेदवारी दिएको बताएपनि कांगेस एक्लै मनोनयन दर्ताका लागि गएको थियो । उप मेयर एकीकृत समाजवादी पार्टीका चीनबहादुर गुरुङलाई बनाएको छ । काग्रेसका पाण्डे २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसांग २३ सय मतले पराजित हुनु भएको थियो । अहिले एमालेले बुटवलमा बाबुराम भट्टराईलाई मेयरमा उठाएको छ ।


प्रतिक्रिया