धनकुटामा एमाले र एकिकृत समाजवादीका कार्यकर्ताबीच झडप

वैशाख २४, २०७९ | धनकुटा

फेसबुक स्टाटसलाई लिएर धनकुटामा एमाले र एकिकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । धनकुटा नगरपालिका ७ मदनचोकमा एमालेको युवा संघको जिल्ला अध्यक्ष प्रविण पोखरेल र समाजवादीका सचिवालय सदस्य मनोज राईबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका राईको फेसबुक वालमा युथ फोर्सलाई चेतावनी दिनेगरी धम्कीपूर्ण भाषा प्रयोग गरेपछि विवाद भएको एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले बताउनुभयो ।

उता, समाजवादीका जिल्ला अध्यक्ष राईले भने पोखरेलले कार्यलयमा भेटघाट गर्न भनेर बोलाएर हातपात गरेको आरोप लगाउनुभएको छ । घटनाबारे समाजवादीका तर्फबाट प्रहरीमा उजुरी परेको प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताउनुभयो । आज दुवै पक्षलाई बोलाए पनि समाजवादीका तर्फबाट उपस्थिति नभएकोले भोलि थप अनुसन्धान र वार्ताको पहल गरिने प्रहरीको भनाई छ । 


प्रतिक्रिया